काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छाडेको टिप्पणी गरेका छन् ।
उनले हिजो ओडिसा घटनाबारे सांसदहरूलाई बोल्न प्रतिबन्ध लगाएको भन्दै दुख व्यक्त गरेका छन् ।
उनले भने, ‘अहिले सदनमा जनताको एजेण्डाले स्थान पाउँदैन, बरु मिडिया खपतको लागि आरोप/प्रत्यारोप, गर्ने दुर्व्यसनीको अड्डा जस्तै बनेको छ । केही दिनअघि प्रधानमन्त्रीसँग भएको सवालजवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हास्यो । सायद सभामुखलाई पनि भित्रभित्रै लज्जाबोध भइराखेकै होला ।’
उनले आज मुलुकलाई अराजकता नभई धैयर्ता, संयमता र उच्च त्यागको आवश्कता परेको बताए । भनिन्छ लोकतन्त्रमा संसद ऐना जस्तै हुनुपर्छ । संसदमा देश र जनताको तस्बिर देखिनुपर्छ । तर, त्यस्तो हुन सकेको छैन । हिजो मात्रै भारतको उडिसा राज्यमा भएको घटनाले देश स्तब्ध भएको बेला हाम्रो संसद बेखबर रह्यो ।
माननीयज्यू लाई यो विषयमा बोल्न प्रतिबन्ध जस्तै गरियो । आज बोल्न मिल्ने तर हिजो बोल्न नमिल्ने किन होला सभामुख महोदय १ के नियमावलीले छेक्यो कि नियतीले रोक्यो ? कि प्रक्रियामा त्रुटि भयो, वा हाम्रो मष्तिस्कमा पूर्वाग्रह भयो।