काठमाडौं । साताको पहिलो दिन (आइतबार) शेयर बजारमा हरीयाली छाएको छ । आइतबार नेप्से २८.३८ अंकले बढेर २,०७७.७६ को विन्दुमा कायम भएको छ ।
आइतबार नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको ८३ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब चार करोड २५ लाख ४३ हजारको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।
नेप्सेमा सुधारको संकेत देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ ।
आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक ४.६३ प्रतिशतले बढेको छ भने दोस्रोमा ट्रेडिङ उपसूचक ४.०१ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सिटी होटलका लगानीकर्ताले ९ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।