काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेप बढ्ने क्रमले फागुन महिनामा समेत निरन्तरता पाएको छ । केन्द्रीय बैंकको फागुन १ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।
राष्ट्रैंकको माघ ३० गतेको तथ्यांक अनुसार अघिल्लो दिन ६७ अर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। यस तथ्याकलाई हेरेर फागुन १ गतेको तथ्यांकलाई तुलना गर्दा बैंकिङ्ग निक्षेपमा १ अर्बले बढेको छ।
उक्त समयमा वाणिज्य बैंकको निक्षेप संकलन पनि बढेको छ । माघ ३० गते ५९ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले फागुन १ गते ५९ खर्ब ९८अर्ब रुपैयाँ संकलन गरेका छन्। साथै सोही अवधिमा कर्जा प्रवाहमा समेत वृद्धि देखिएको छ।
माघ ३० गते ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन १ गते ५४ खर्ब ३९ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ। यस्तै, माघ ३० गते ४८ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले फागुन १ गते ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
राष्ट्रबैंकका अनुसार उक्त अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५३ प्रतिशत कायम भएको छ । पछिल्लो समय कर्जा प्रवाह चलायमान हुन थालेसँगै अधिकांश बैंकहरुले आफ्नो ब्याजदर स्थिर राखेका छन् ।