काठमाडौँ । (आज) बुधवार शेयर बजार बन्द रहने भएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार पनि बन्द हुने भएको हो।

साथै आज शेयर बजारसँगै बैंक वित्तीय संस्था र विद्यालय एवम् सरकारी कार्यालय बन्द रहने भएको छ । अब भोली बिहीबार मात्रै नियमित समयमा शेयर बजार सहित अन्य संघ संस्था खुला हुने भएको छ ।