काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । अडियो परीक्षणका क्रममा शर्मासँग मिलेको नेपाल प्रहरीले जनाएको छ ।
उक्त अडियो बाहिर आएपछि डा. राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न माग गर्दै गत वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको हाे ।