काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज
(आइतबार) नेप्सेमा समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सुचीकृत भएको हो ।
कम्पनीको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको लागि आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।