काठमाडौँ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार (असार २५ गते) २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हाे ।
२८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० रुपैयाँ गरी कुल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी साउन २३ गते, ९१ दिन अवधिको ट्रेजरी असोज २३ गते, १८२ दिन अवधिको पुस २४ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ असार २६ गते परिपक्व हुनेछ ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने (क) वर्गका वाणिज्य बैंक, (ख) वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनी, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।