चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ ।

कँडेलका परिवारले घटना स्थलमा भेटिएको सुसाइड नोटको आधारमा अनमोल फिड्सका चार्टर एकाउन्टेट रावलसहित कम्पनीका सेयर सदस्य प्रदीप रुङ्गटाविरुद्ध पनि किटानी जाहेरी दिएका छन् ।

कँडेल मंगलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलले मानसिक पीडा दिएको उल्लेख थियो ।