पोखरा । सहकारी संघ संस्थाको खराब कर्जा असुलीमा पोखरा महानगरपालिका पनि तातेको छ । सहकारीबाट ऋण लगेर नतिर्ने व्यक्ति तथा संघ संस्थाहरुको नाममा आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले तत्काल ऋणको साँवा ब्याज भुक्तानी गर्न आग्रह गरेको हो ।
अन्यथा ऐन बमोजिम ऋण नतिर्ने व्यक्तिको जायजेथा बेचेर महानगरपालिकाबाट व्यक्तिले पाउने सम्पूर्ण सेवा सुविधाबाट समेत बञ्चित गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।
ऋणीहरुले सहकारीबाट लिएको ऋणको साँवा ब्याज समयमा नै भुक्तान नगरिदिँदा संस्थामा तरलता अभाव भएको र बचतकर्ताहरुको बचत रकम समेत फिर्ता गर्न नसकिएको महानगरपालिकाले बताएको छ ।