काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच डिनर मिटिङ भएको छ ।
आइतबार साझ सामाजिक सञ्जालमार्फत सो जानकारी दिदै मन्त्री श्रेष्ठले भेटमा जनताका मुद्दाहरुमा महत्वपूर्ण छलफल भएको बताएका छन् ।
छलफललाई निरन्तरता दिने समझदारी भएको उक्त भेटमा मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा मिलेर परिणामुखी काम गर्ने आफूहरुबीचको सोच समान रहेको लेखेका छन् ।

यस्तो छ, मन्त्री श्रेष्ठको भनाइ

‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो । उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो’, मन्त्री श्रेष्ठले लेखेका छन्, ‘छलफललाई निरन्तरता दिने समझदारी बनेको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।’