काठमाडौं । स्वास्थ्य बीमा बाेर्डले आफ्नै फार्मेसी नभए अस्पताललाई दाबी भुक्तानी नदिने चेतावनी दिएकाे छ । बाेर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालले फर्जी खर्च बिल पेश गरेर दाबी गर्ने प्रवृत्तीमा कडाइ गरेकाे हाे ।

बाेर्डले दाबी भुक्तानीका लागी पेश गर्नुपर्ने कागज प्रमाण र शर्तहरूमा कसिकसाउ गरेर नियन्त्रणकाे प्रयास थालेकाे हाे ।

औषधीकाे दाबी भुक्तानीका लागी सेवा प्रदायक संस्थाले आफ्नै औषधी पसल सञ्चालन गर्नुपर्ने शर्त रहेकाे छ । सेवाग्राहीलाई अन्यत्रबाट औषधी खरिद गर्नुपरेकाे गुनासाे आए दाबी भुक्तानी राेकिने बाेर्डले जानकारी दिएकाे छ । प्याकेज बाहिरकाे औषधी दिनुपरेमा दाबी विवरणमा अंग्रेजी वर्णमालाकाे क्रमानुसार औषधीकाे विवरण उल्लेख गर्नुपर्नेछ ।

बाेर्डले अस्पतालमा उपचारका क्रममा भर्ना गरिने बिरामीसँग सुरक्षणवापत अग्रिमरुपमा कुनै पनि रकम जम्मा गर्न बाध्य नपार्न सूचित गरेकाे छ । बिरामीबाट सुरक्षण लिएकाे जानकारी पाएकाे अवस्थामा दाबी भुक्तानी अस्वीकृत गर्ने चेतावनी बाेर्डले दिएकाे छ ।

No description available.