काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुमार्फत ७५ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाको प्रयोजनका लागि यो बराबरको रकम बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म शिक्षाका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको थियो ।

नेपालमा सेवातर्फको आय ५७ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । यसो हुनुमा सेवामार्फत नेपाल आउने भन्दा विदेशिने रकम धेरै हुनु हो ।

११ महिनामा पर्यटकमार्फत ५१ अर्ब ८८ करोड रुपैयाँ आय भएको छ ।