काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा रिपोर्ट सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । यस्तै आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ ।

त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ । यस्तै शोधनान्तर स्थिति रु.२२८ अर्ब ९८ करोडले बचतमा रहेको बताएको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति रु.१,४८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।