काठमाडौं । साताको दाेश्राे दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ०.८३ अंकले घटेर २०७६.९६ को बिन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । कम्पनीको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ९१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

त्यस्तै, प्राईम कर्मशीयल बैंकको प्रमोटर शेयर, हिमालयन लाइफ, शिवम् सिमेन्टस, सिटि होटल,एनएमबी बैंक, हिमालयन डिष्टलरी, अपर तामाकोशी र एशियन लाइफको आज सर्वाधिक कारोबार भएको छ।

आज सर्वाधिक कमाउनेमा रावा इनर्जीका लगानीकर्ता रहेका छन् । आज कम्पनीको शेयर ९.९८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३६४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै फाइनान्सको उपसूचक वृद्धि भएको देखिएको छ । फाइनान्सको उपसूचक २. ७१ प्रतिशतले बढेको छ ।

सोमबार हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ६.३४ प्रतिशत अर्थात १८ रुपैयाँले घटेर २६६ रुपैयाँमा कारोबार भएको छ । प्राय दिनहरुको शेयर कारोबारमा सकारात्मक सर्किट लागिरहने सिटी होटलको शेयरमूल्य आज भने घटेको छ । कम्पनीको शेयरमुल्य ४६ रुपैयाँले घटेको छ ।