काठमाडौं । गरिमा विकास बैंकको ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्रिमा ल्याएको हो ।
बैंकले निस्कासन गरेको संस्थापक शेयर मध्येमा २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले यसमा आज (चैत १ गते) बाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
साथै, बैंकले ९८ हजार २८.८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुकले यसमा आज ९चैत १ गते० बाट ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।