काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सोमबारको दाजोमा सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

आज छापावाला सुनको मुल्य १ लाख ११ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे ।

त्यस्तै, आज चाँदीको मूल्य एक हजार तीन सय ९५ रुपैयाँका कारोबार भैरहेको छ ।