काठमाडौं । साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से ७.६६ अंकले घटेर २६९७ को विन्दुमा कायम भएको छ।
अन्ततः बजार २६ सयकै लाइनमा झरेको छ। यस दिन ८२ लाख ३७ हजार ९०२ कित्ता कारोबार हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथि कारोबार भएको छ।
लगानीकर्ताको मनोबल कमजोर बन्दै जादा शेयर बजारमा लगातार गिरावट आएको छ । यसदिन अन्य उपसमूह बाहेक बाँकीका सबै १२ वटै उसमूह घटेको छ।
आज हिमालयन पावर पार्टनर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, भूगोल इनर्जी, धौगागिरी लघुवित्त, रिभर फल्स पावर, नेपाल एसबिआई बैंक डिबेन्चर, माउन्टेन हाइड्रो र घलेम्दी हाइड्रोको शेयरमूल्य बढेको छ।
बैंक ब्याजदर निकै तल्लो विन्दुमा छ। बैंकिङ प्रणालीमा अधिक तरलता छ र पनि शेयर बजारमा लगातार आएको गिरावटको कारण लगानीकर्तामा निराशा छाएको हो ।