काठमाडौँ । प्रोगेसिभ फाइनान्सले एक लाख ८१ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीको उक्त पहिलो पटक संस्थापक सेयरधनीहरुले मात्रै पाउने छन् । यो पटकको लिलामी अन्य सेयरधनीहरुले आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले आज चैत ६ गतेदेखि ३५ दिनभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, तिनकुने काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीबाट ३५ दिनमा आवेदन नपरेमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।