काठमाडौं। साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा कायम भएको छ।

आज सेयर बजारमा गिरावट आउँदा मिथिला लघुवित्तको सेयर मूल्य उच्च वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ९.३९ प्रतिशतले बढेको हो।

त्यसैगरी गरिमा सम्वृद्धि योजनको ७.६९ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७.३५ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले सेयर मूल्य बढेको छ।