काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ।
बुधबार नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको हो।
कम्पनीको आजको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ८६५.३० रुपैयाँ कायम भएको छ।
समायोजन भएको उक्त शेयर भोलि बिहीबारदेखि कारोबारमा आउने छ ।