काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टर लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हाे ।
हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।
मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
- सम्पर्क विहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटनाग्रस्त
- ६ जना यात्रुसहित सोलुखुम्बुबाट काठमाडौँ उडेकाे मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन








