काठमाडौ । आज पनि शेयर बजारमा गिरावट आएकाे छ । आज शेयर बजार नेप्से परिसूचक ४.७३ अंकले घटेर २,०७२.२४ को विन्दुमा कायम भएको छ ।
आज ७९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १३८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २८३ कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै हिमालयन लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । सोल्टी होटलको १० करोड ६७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
शेयर बजार घटेतापनि आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार हिमालयन पावर, एनआईबिएल समृद्धि फण्ड २ र रावा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज कारोबार भएका लिबर्टी इनर्जी कम्पनी, कर्पोरेट विकास बैंक लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य बढेको छ ।
मंगलबार नेप्से घट्दा नौ उपसूचक राताम्मे भएका छन् भने बाँकीका चार उपसूचकमा हरियाली छाएको छ । आज डेभलपमेन्ट बैंक उपसूचक सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक २.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.३६ प्रतिशतले घट्दा दोस्रोमा हाइड्रोपावर उपसूूचक १.१९ प्रतिशतले घटेको छ ।