काठमाडौं। महाशक्ति सिमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग आइपीओ बिक्रीका लागि अनुमति मागेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो।

कम्पनीले १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । यसमा लक्ष्मी सनराइज क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।