काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्दा दायर गरेको हाे ।
मोरङको शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरका शिक्षक रामचन्द्र मण्डलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सहायक प्रवक्ता थपलियाका अनुसार मण्डलले विद्यालयमा पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी आयोगमा परेको थियो । अनुसन्धानको क्रममा मण्डलले भारतबाट बीएस्सी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी अस्थाई शिक्षक नियुक्ति भई लाभ लिएको पुष्टि भएको थियो ।