काठमाडौं । पोखरा महानगरपालिका पछि सहकारीको ऋण असुलीमा गण्डकी प्रदेश सरकार नै मैदानमा उत्रिएको छ । गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदेश भित्रका ऋणीहरुलाई तत्काल सहकारी संघ संस्थाको ऋण चुक्ता गर्न आग्रह गरेको हो ।

सहकारीबाट ऋण लिएर साँवा ब्याज नतिरिदिदा संस्थामा तरलता (लगानी योग्य रकम) अभाव भएको र बचतकर्ताहरुको बचत फिर्ता दिन समेत समस्या आएको प्रदेश सरकारको भनाइ छ । यस्तो समस्या हल गर्न बाकी ऋणको साँवा व्याज तत्काल भुक्तान गर्न प्रदेश सरकारले सार्वजनिक सूचना गरेको छ । अन्यथा व्यक्तिको घरजग्गा तथा अन्य जायजेथा कारोबारमा प्रतिवन्ध (रोक्का) गरि अन्य उपायबाट ऋण असुली गरिने प्रदेश सरकारको चेतावनी छ ।

यसअघि केही दिनअघि मात्र प्रदेश स्थित पोखरा महानगरपालिकाले समेत सोही व्यहोराको विज्ञप्ति जारी गर्दै नगरवासीहरुलाई सहकारीको ऋण तिर्न सार्वजनिक अपिल गरेको थियोे ।