काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आवेदन दिनुपर्ने छ ।
आवेदन दिँदा आफूले किन्न चाहेको शेयर विवरण खुलाई काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।