काठमाडाैं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड-२’का इकाइहरु साउन ५ गतेबाट बिक्री खुला गरिने भएको छ । म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिन लागेको हो ।
कुल इकाइमध्ये १ करोड २० लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको यो म्युचुअल फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ८० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन् । यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिने पाइने व्यवस्था गरिएको छ।
इकाइहरुको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन १९ गते हुनेछ ।