काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेकाे हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।