काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अहिले सार्वजनिक गरेको छ। यस अवधिका कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २७.४० प्रतिशत थोरै हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी ३.९२ प्रतिशत घटेर ९ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १४.४४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ लगानी तथा कर्जाबाट आम्दानी आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ८ रुपैयाँ ४३ पैसामा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ रहेको छ ।