काठमाडाैं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०-८१ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
जसअनुसार प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटा धानको ३ हजार १९८ रुपैयाँ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ निर्धारण गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको न्यूनतम समर्थन मूल्य चालु आर्थिक वर्षको तुलनामा २३१ रुपैयाँले बढी हो ।
चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटो धानका लागि २ हजार ९६७ रुपैयाँ र मध्यम धानका लागि ३ हजार १२८ रुपैयाँ तोकेको छ ।