काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दाबीबापत बीमांक रु. १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई उक्त मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

साविक युनियन लाइफ इन्स्योरेन्समा ३ वर्षअघि रु. १ करोडको जीवन बीमा गरेका खत्रीको मृत्युपश्चात उक्त दाबी रकम प्रदान गरिएको हो । कम्पनीको नयाँबानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतककी पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका थिए ।

कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितकी पत्नी यमुनाले समयमै कम्पनीले दाबी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनीप्रति आममानिसको विश्वास बढ्ने कार्य भएको बताइन् ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दबवीहरु छिटो–छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।