काठमाडौं । नेपाल बीमक संघले कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम यहि असार मसान्त भित्र भुक्तानी गर्न माग गरेकाे छ । संघले नेपाल बीमा प्राधिकरण मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दाबी भुक्तानीका लागि पत्र पठाएको हाे ।
मन्त्रालयले असार मसान्त भित्र अनुदान बापतको बाँकी रकम भुक्तानी गर्ने प्रतिवद्धता गरेको थियो । तर सरकारले तत्कालिन समयमा केहि अनुदान रकम भुक्तानी गरे पनि बाँकी रकम भुक्तानी नगरेको भन्दै यहि असार मसान्तभित्र सम्पुर्ण रकम भुक्तानीका लागि अनुरोध गरेको हाे ।
सरकारले बीमा अनुदान बापतको अर्बौ रुपैयाँ रकम भुक्तानी नदिए पछि बीमकहरुले पोलिसी नै बिक्री बन्द गरेका थिए । बीमकले पोलिसी बिक्री गर्न बन्द गरे पछि कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भूषालको अध्यक्षमा बनसेको बैठकले यहि असार मसान्त भित्र रकम निकासा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सँगै सरकारले ७८ करोड रुपैयाँ निकासा गर्यो ।
तर अझै २ अर्ब रकम भुक्तानी गर्न बाँकी छ । उक्त रकम नपाउदा बीमकहरु समस्यामा परेका छन् ।
यदि असार भित्र अनुदान रकम नआएमा बीमकहरुले पोलिसी बिक्री गर्न बन्द गर्ने चेतावनी दिएका छन् ।