काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको रोकिएको तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएको उनीहरूको तलब तीन महिना पश्चात् कर्मचारीको खातामा पठाइएको छ ।

काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कर्मचारीको तीन महिनाको तलब एकमुष्ट रूपमा आज खातामा पठाइएको जानकारी दिएका छन् । एकैसाथ पाँच हजार बढी कर्मचारी र जनप्रतिनिधिको बैंक खातामा आज तलब पठाइएको  मानन्धरको भनाई छ ।

चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई महानगरकै कर्मचारीहरूले ताला फोडी हाजिर गराएका थिए।

गुरागाईँलाई महानगरका प्रमुख बालेन्द्र शाहले नगर प्रहरी समेत परिचालन गरेका थिए । तर महानगरकै कर्मचारीले नै गुरागाईँलाई उनकै कार्यकक्षको ताला फोडी प्रवेश गराएका थिए ।