काठमाडौँ। चालु आर्थिक वर्षको ८ महिनामा नेपालले (साउन–फाल्गुन) सम्म १ खर्ब ८५ अर्ब ११ करोड ६० लाख ३ हजार रुपैयाँको चिया र कफि आयात गरेको छ। यो अवधिमा नेपालले १ खर्ब ८५ अर्ब ६ करोड ११ लाख ९ हजार रुपैयाँको चिया र ८ करोड ९७ लाख ७८ हजार रुपैयाँको कफि आयात गरेको हो।
नेपालले यो अवधिमा १ हजार २१० केजी प्याकिङ गरेको हरियो चिया ४६ अर्ब ३१ करोड ९४ लाख ४६ हजार रुपैयाँको आयात भएको छ। जसबाट १३ लाख ४० हजार रुपैयाँ राजस्व सङकलन भएको छ। साथै, १ हजार ६६२ केजी हरियो चिया ४६ अर्ब ३० करोड १९ लाख ८२ हजार रुपैयाँको आयात भएको छ ।
जसबाट ३ लाख २७ हजार रुपैयाँ राजस्व सङकलन भएको छ। यसैगरि ३ हजार ५३ केजी कालो चिया ४६ अर्ब २९ करोड ५१ लाख ८ हजार रुपैयाँको आयात हुँदा ४६ लाख ९६ हजार रुपैयाँ राजस्व सङकलन भएको छ। यस्तै ६४ हजार ८१० केजी अन्य कालो चिया ४६ अर्ब १४ करोड ४५ लाख ७३ हजार रुपैयाँको आयात हुँदा २ करोड ५४ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै १० हजार ५३० केजी रोस्टेड कफी ९६ लाख १५ हजार रुपैयाँको आयात हुँदा ६६ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यसैगरि २० केजी डिक्याफिनेटेड भुटेको कफी २२ हजार रुपैयाँको आयात हुँदा १५हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यस्तै १ हजार २९१ केजी हस्क कफी ८ लाख ६१ रुपैयाँको आयात भएको छ। जसबाट ५ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै १ लाख १९ हजार २१६ केजी क्याफिनेटेड नभएको र रोस्टेड नभएको कफी ७ करोड ९६ लाख ९२ हजार रुपैयाँको आयात भएको छ। जसबाट ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै २९ केजी डिक्याफिनेटेड कफी ३८ हजार रुपैयाँको आयात भएको छ । जसबाट २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।