काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार आज २५.३१ अंकले बढेर २०९७.५५ को बिन्दुमा कायम भएको छ ।

आज १८५ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३८ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १८ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, नेपाल टेलिकम, हिमालयन डिष्टलरी, सिद्धार्थ प्रिमियम, नेपाल फाइनान्स, शाईन रेसुङगा, फस्र्ट माईक्रो लघुवित्त र नेपाल लाइफको आज सर्वाधिक कारोबार भएको छ।

शेयर बजार बढेसँगै ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज शिभ श्री हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, लक्ष्मी इक्युटी फण्ड लगायत अन्य केही कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ४० रुपैयाँले घटेर ३६१ रुपैयाँमा कारोबार भएको छ ।

आज नेपाल फाइनान्स, समृद्धि फाइनान्स, गु्रहेश्वरी मर्चेन्ट बैंक, सेन्ट्रल फाइनान्स लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।