काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भात पानी बन्द गरिदिने चेतावनी दिएका छन् ।

मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सरकारी निवास लाई लक्षित गर्दै उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न सक्ने भन्दै चेतावनी दिएका छन् ।

अझै पनि नसुध्रने हो भने हामी पनि गोली चलाउँछौँ त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौँ ,’ लिङ्देनले भने,अहिलेको जनता मूर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुट्ठीमा राख्न नसक्ने जिकिर गरे ।

अब जनता मूर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ । अब सूचनालाई कसैले आफ्नो मुट्ठीमा राख्न सक्दैन,’ लिङ्देनले भने ।

‘विद्रोह नै गरेर जाऔँ भन्नुहुन्छ भने हामी सल्लाह गरेरै जान्छौँ, झुक्क्याएर जान्दैनौँ,’ लिङ्देनले भने । साथै सरकारको ज्यादती बढी नै भएको भन्दै धेरै चुरिफरि नगर्न समेत उनले चेतावनी दिएका छन् ।