वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एकैचोटि नौ लाख आप्रवासीहरूलाई झट्का दिएको छ । यी आप्रवासीहरू बाइडेन प्रशासनको समयमा सुरु गरिएको सीबीपी वन एप नीति अन्तर्गत अमेरिका आएका थिए ।

वित्तीय सूचकमा अब्बल बन्दै प्रभु इन्स्योरेन्स,पछिल्ला बर्षहरुमा यसरी मार्दै छ छलाङ्ग

ट्रम्प प्रशासनले यो नीति उल्टाएर ती आप्रवासीहरूको कानुनी अनुमति रद्द गरेको छ । उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न भनिएको छ । जनवरी २०२३ देखि गत वर्षको डिसेम्बरसम्म, ९ लाख ३६ हजार ५०० मानिसहरू सीबीपी वन एपको प्रयोग गरेर मेक्सिकन सीमाबाट अमेरिका छिरेका थिए ।

‘जसले पार्टीको लेबी तिर्छन् र शक्तिकेन्द्रसँग निकट छन् तिनै हुन भावी गभर्नर’ : थापा

उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा काम गर्न पाउने गरी बस्ने अनुमति दिइएको थियो । ट्रम्प प्रशासनको गृह सुरक्षा मन्त्रालयले अमेरिकी जनता र देशको सिमाना सुरक्षित राख्न यी अनुमति अब खारेज गरिएको बताएको छ ।