काठमाडौं । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नामामा सारेर अपचलन गरेको आरोपमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बुधबार पक्राउ गरेको हो ।

हालसम्म पौडेलसहित यस प्रकरणमा १७ जना पक्राउ परेका छन् ।