काठमाडौँ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।

चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले उक्त निर्णय गरेसँगै शेयर धनीलाई निराश बनाएको छ ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको जनाएको छ ।