काठमाडौँ । बीमा दोकानले बीमा क्षेत्रमै पहिलो पटक क्यासब्याक अफर (Cashback offer) ल्याएको छ । यस योजनामा विभिन्न १८ ओटा घातक रोगहरूको रक्षावरण सॅंगै पोलिसी म्याचुरिटि पछि पनि १०० वर्ष सम्मको मृत्युलाभको सुविधा रहेको छ ।

यस्तै, योजनामा ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा पनि रहेको छ । यस योजनामा सहभागी हुन बीमाकर्ताले वैशाख १ देखि १० गतेभित्रमा आफ्नो नाम दर्ता गरिसक्नुपर्ने बीमा दोकानले जनाएको छ ।

बीमा दोकानका अनुसार ३५ वर्षको व्यक्तिको लागि ५० लाखको जीवन बीमासॅंगै ५ लाखको स्वास्थ्य बीमा मात्र १ लाख ५७ हजार १५८ रुपैयाँमा हुनेछ । यद्यपि यो रकम व्यक्तिको उमेर अनुसार फरक पर्न सक्नेछ ।

नेपाली नयाँ वर्षलाई लक्षित गरेर ल्याइएको यस योजनामा देशभरिबाट ८२ जनाले मात्र पूर्ण लाभ उठाउन सक्ने जनाइएको छ । यस योजना अन्तर्गत ८२ जनाले १ लाख ५७ हजार १५८ रुपैयाँमा जीवन बीमा र स्वास्थ्य बीमा दुवै सेवा प्राप्त गर्न सक्नेछन् । यस्तै पोलिसी जारी भएको मितिले १० दिन भित्र पोलिसी लिने व्यक्तिको बैंक खातामा बीमा किस्ता रकमको १० प्रतिशत हुन आउने रकम फिर्ता पाउनेछन् ।

शर्तअनुसार बीमा गर्दा आउने किस्ता रकमको १० प्रतिशत रकम तत्कालै जम्मा गर्नु पर्नेछ भने ३७ दिनभित्र बाँकी रहेको ९० प्रतिशत रकम पनि जम्मा गरिसक्नु पर्नेछ।

यस जीवन बीमाका विशेषताहरू :
१) वार्षिक किस्ता रु. १,५७,१५८ मात्र
२) ५० लाखको जीवन बीमासँगै ५ लाखको स्वास्थ्य बीमा ।
३) बीमा अवधि समाप्तीपछि पनि २० लाख बराबरको मृत्युलाभ रहिरहने । मृत्युअघि आफूले २० लाख रुपैयाँ बराबरको बीमा रकम र बोनस तथा अवधि समाप्ती पछि पनि बीमित व्यक्तिको १०० वर्ष भन्दा अगाडि नै मृत्यु भएमा मृत्यु पश्चात् हकवालाले फेरि रु. २० लाख बीमा रकम वा १०० वर्षसम्म उक्त बीमित व्यक्ति जीवित रहेमा व्यक्ति स्वयमलाई नै २० लाख बीमा रकम उपलब्ध गराइनेछ ।
४) २० वर्षसम्मको बीमा अवधि रहनेछ ।
५) आयश्रोत अनुसार बीमा रकम वृद्धि गर्न सकिने ।
६) सानो रकमले पनि ठूलो आर्थिक रक्षावरण गर्ने ।

  • शर्तहरू लागू हुनेछन्