काठमाडौँ । नयाँ वर्षको पहिलो साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो वर्ष २०८१ को अन्तिम दिन चैत ३१ गते बजार घटेर बन्द भएको थियो ।
लामो समयदेखि नेप्से परिसूचक २५ सयदेखि २८ सयको दायरा वरपर घुमिरहेको भए पनि वर्ष फेरिएसँगै बजारले तीव्रता लिनेमा लगानीकर्ताहरूको विश्वास बढेको देखिएको छ ।
नेप्से सूचकसँगै कारोबार रकममा पनि वृद्धि हुनुले निकै सकारात्मक संकेत दिएका जानकाहरुको भनाई छ । विगत केही समय नेप्से सूचकमा मसान्तको दबाब परेपछि सुस्त बनेको थियो। यद्दपि, अहिले उक्त दबाब कम भएसँगै नेप्सेमा वृद्धि देखिएको हो ।
मसान्तको असर बाहेक तत्काल सेयर बजारलाई नकारात्मक असर पुर्याउने ठूला कारणहरु खासै देखिएका थिएनन् । सेयर बजारलाई बढी प्रभाव पार्ने ब्याजदर र वृहत अर्थतन्त्रका सूचकहरु सबै सकारात्मक नै छन् ।
बैंकहरुमा अधिक तरलताको स्थिति रहेको छ भने ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । यसको सकारात्मक प्रभाव बजारमा पर्ने देखिन्छ । अब लगानीकर्ताको पर्खाइको विषय सूचीकृत कम्पनीहरुको वित्तीय विवरण र नयाँ गभर्नर नियुक्ति देखिन्छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अकंले बढेर २६८८.६३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
आज लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढे । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढेको छ ।
यस दिन ३ सय २० कम्पनीको २ करोड १८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ अर्ब १ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बलेफी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।