काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेकाे छ । बिहीबार सुनको मूल्य ताेलामा ८०० रुपैयाँ वृद्धि भएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँमा र तेजावी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।