काठमाडौँ । दैनिक रूपमा सबैभन्दा बढी प्रयोगमा आउने मध्येको एक खाने तेलको मूल्यमा गिरावट आएको छ ।  सनफ्लवर र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँका दरले घटेको नेपाल खुद्रा व्यापार संघले  जानकारी दिएको छ ।

संघले वैशाख १ गते सार्वजनिक गरेको खुद्रा मूल्य सूची अनुसार गत चैत १५ गतेको तुलनामा ५ रुपैयाँले घटेको हो । संघले सार्वजनिक गरेको तथ्यांक अनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि ३ सय २५ रुपैयाँमा कायम भएको छ ।

साथै, भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । १५ चैतमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५५ रुपैयाँमा किनबेच भइरहेकोमा वैशाख १ गतेदेखि २ सय ५० रुपैयाँमा झरेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।