काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको वितरणयोग्य मुनाफा सार्वजनिक गरेको छ। बैंकले आज सार्वजनिक गरेको विवरण वितीय विवरण अनुसार बैंकले ६१ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा संकलन गर्न सफल भएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले ८.७९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता राख्दछ। मुक्तिनाथ विकास बैंकले आफ्नो व्यावसायिक गतिविधिमा समेत सन्तोष जनक प्रगति गरेको छ। बैंकको कर्जा लगानी ९७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिसम्म ११३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

असार मसान्तसम्मको आयव्ययको आकडालाई हेर्दा बैंकको वितरणयोग्य मुनाफामा सुधार रहेको र थप बढ्दै जाने सम्भावना प्रकट गरेको छ। यसबाट शेयर धनीले आकर्षक लाभांश अपेक्षा गर्न सक्ने सम्भावना बढको छ। बैंकले स्थिर तथा दीर्घकालीन रणनीति अनुसार कर्जा प्रवाह र निक्षेप संकलन विस्तार गर्दै लगेको छ।

साथै, बैंकको वितरणयोग्य मुनाफामा देखिएको उल्लेखनीय वृद्धिले बैंकको आर्थिक सुशासन तथा लगानीकर्ताप्रतिको उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको विश्लेषण गर्न सकिन्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म वित्तीय सूचकहरू अझ सकारात्मक हुने देखिएको छ। बैंकको वितरणयोग्य मुनाफाको वृद्धि र स्थिर व्यवसायिक विस्तारले शेयरधनीलाई लाभांशमा राहत दिने क्षमता राख्दछ ।