काठमाडौं । नेपाल राष्ट्र बैंकको गनर्भर नियुक्तिको लागि गठित सिफारिश समितिको सदस्यबाट पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको उक्त सिफारिस समितिमा भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल नियुक्त भएका थिए ।

तर, समितिको बैठक नै बस्न नसकेपछि भट्टराईले राजीनामा दिएका हुन् । गनर्भर नियुक्तीको विषय यतिवेला कांग्रेस र एमालेमा पेचिलो विषय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा सहमति भैसकेको छ । जसअनुसार दुवै नेता डा. गुणाकर भट्टको नाममा सहमत भएका छन् ।