काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
बुधवारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यी २ कम्पनीको भाउ समायोजन गरिएको हो। जसमा स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पश्चात् भाउ ९६०.२४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात् भाउ १७ सय ३६.०६ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर बिहीबार यी २ कम्पनीको कारोबार खुला हुनेछ ।