काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आज (वैशाख ११ गते) बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०र८० को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लाग) गरी कुल ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गर्ने जनाएको छ ।