काठमाडौँ । साताको अन्तिम कारोबारका दिन अन्तिम समयमा आएर शेयर बजारमा सामान्य सुधार देखिएको छ । लगातार चार दिन ओरालो लागेको सेयर बजार बिहीबार सामान्य अंकले सुधार आएको हो ।
केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त नहुनु र यस प्रक्रियामा देखिएको विवादका कारण लगानीकर्ता अझै ’वेट एन्ड वाच’ अवस्थामा रहेको जानकारहरूको भनाइ छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अकंले बढेर २६५८.९४ बिन्दुमा कायम भएको छ। आज ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज ४ उपसूचक बढेका छ भने ९ उपसूचक ओरालो लागेको छ। यस दिन ८३ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ। अहिले ब्याजदर घट्दो क्रममा रहे पनि, माग र आपूर्तिबिचको असन्तुलन, फोर्स सेलिङजस्ता प्रवृत्ति र ब्रोकरसँगको उधारो कारोबारसम्बन्धी अन्योलले बजारलाई तानेको छ।
सामान्य सुधार देखिएको बजारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ७० करोड ३४ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यसतै, राधी विद्युत कम्पनीको ५७ करोड २३ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
भने एनआरएन एन्फ्रास्ट्रक्चरको ५२ करोड ५२ लाख ३२ हजार रुपैंया, यूनिभर्सन पावरको ४७ करोड ३ लाख ४३ हजार रुपैयाँ कारोबार भएको हो।