काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९९० रुपैयाँ कायम भएको छ ।