काठमाडौँ । बीमाका विभिन्न फाइदा हुन्छन् । बीमा बचत मात्र होइन । भविष्यमा हुन सक्ने जोखिमबाट कसरी कम क्षति बेहोर्ने भन्ने कुराको पूर्वतयारी पनि हो – बीमा । बजारमा जीवन बीमाका थुप्रै पोलिसीहरू छन् । तीमध्ये कुन चाहिँ आफूलाई ठीक हुन्छ भन्ने कुराको मेसो बीमाकर्ताहरूले पाइराखेका हुँदैनन् । यसै सन्दर्भमा हामीले हिमालयन लाइफ इन्स्योरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालसँग कम्पनीको धनसागर जीवन बीमा योजनाका बारेमा कुरा छौं । कम्पनीको सर्वाधिक रुचाइएको योजनामध्येको एक हो – धनसागर बीमा योजना । प्रस्तुत छ उप प्रमुख कार्यकारी अधिकृत दाहालसँगको कुराकानीबाट साभार गरिएको सम्पादित अंश ।

हामीले विभिन्न प्रोडक्ट ल्याएका छौं । तीमध्ये लोकप्रिय प्रोडक्टमा हिमालय धनसागर पनि पर्दछ । यो मनी ब्याक गर्ने अर्थात् पैसा फिर्ता गर्ने प्रकृतिको प्रोडक्ट हो । निश्चित अवधिपछि बीमाकर्ताले बुझाएको रकम बीमाकर्तालाई नै फिर्ता हुन्छ । यस प्रोडक्टमा बीमांक रकम न्यूनतम ५० हजार रुपैयाँदेखि सुरु हुन्छ । अधिकतमको हकमा कुनै पनि सीमा छैन । यो प्रोडक्ट लिनका लागि बीमाकर्ता १८ देखि ५० वर्ष उमेरको हुनुपर्छ । धनसागर योजनाको अवधि १५ र २० वर्ष गरी दुई प्रकारको रहेको छ । यसको अधिकतम म्येच्युर्ड अवधि ६५ वर्ष रहेको छ ।

बीमाकर्ताले वार्षिक, अर्धवार्षिक र त्रैमासिकमध्ये आफूलाई पायक पर्ने तरिकाले प्रिमियम बुझउन सक्छन् । समयमा प्रिमियम बुझाउँदा बीमाकर्ताले छुट पनि पाउन सक्नुहुन्छ । छुटको दरलाई यसरी वर्गीकरण गरिएको छ : वार्षिक रूपमा बीमाको किस्ता तिर्दा दुुई प्रतिशत र अर्धवार्षिकमा एक प्रतिशत । त्रैमासिक रूपमा प्रिमियम तिर्दा भने छुुट प्राप्त हुँदैन । बीमांक रकम एक लाख देखि तीन लाख रुपैयाँसम्म हुँदा एक र तीन लाखभन्दा बढी हुँदा २ रुपैयाँ छुट दिइएको हुन्छ ।

यसका धेरै बेनिफिट छन् । एकैछिन सर्भाइभल बेनिफिटलाई हेरौं । बीमा गरिएको अवधिभर तपाईं बाँचिरहँदा तपाईंले बुझाउने रकमले फाइदा नै दिइराखेको हुन्छ । बीमाको अवधिसम्म बीमित बाँचेमा टर्म अनुसार मनिब्याक पाउनुहुनेछ । १५ वर्षे योजनाको पहिलो ५ मा बीमितले बीमांक रकमको २५ प्रतिशत मनिब्याक पाउनुहुनेछ । त्यस्तै त्यही योजनाको पहिलो १० वर्ष पूरा हुँदासम्म बाँचे बीमांक रकमको २५ प्रतिशत मनिब्याक पाउनुहुनेछ । पूरै १५ वर्षसम्म बाँच्नुभयो भने बीमांक रकमको ५० प्रतिशतसँगै भेस्टेड बोनस पनि मनिब्याकका रूपमा पाउन सक्नुहुनेछ । अब २० वर्षे योजनालाई हेरौं । यस योजनाको पहिलो ५ वर्षसम्म तपाईको मृत्यु भएन भने तपाईंले बीमांक रकमको २५ प्रतिशत मनिब्याक पाउनुहुनेछ । १० वर्ष बाँच्दा २५ प्रतिशत र १५ वर्ष बाँच्दा २५ प्रतिशत मनिब्याक पाउनुहुनेछ । २० वर्षको बीमा अवधिमा तपाई पूरै २० वर्ष बाँच्नुभयो भने बीमांक रकमको ४० प्रतिशत रकमसँगै भेस्टेड बोनस पनि पाउन सक्नुहुन्छ ।

बीमा अवधिमा तपाईंको मृत्यु भएछ भने पनि तपाईंको परिवार वा तपाईंले इच्छाएको व्यक्तिले त्यसको लाभ लिन सक्नेछन् । तपाईंले रोज्नुभएको बीमांक रकममा भेस्टेड बोनस पनि थपेर इच्छाएको व्यक्तिले पाउन सक्नुहुन्छ । यसमा तपाईंले अगाडि नै प्राप्त गर्नुभएको सर्भाइभल बेनिफिट कट्टा हुने छैन । दुर्घटनाबाट मृत्यु भएको हो भने तपाईंले पोलिसीको बीमांक रकममा त्यति नै रकम थपेर वा कुल एक करोड रुपैयाँ (दुई मध्ये जुन कम हुन आउँछ) बीमा कम्पनीले प्रदान गर्छ ।

यस्तै पूर्ण अपांगता भएको हकमा तपाईंले १२० किस्तामा १ करोड रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नुहुनेछ । घातक रोगको लागि २५ लाख रुपैयाँ प्राप्त गर्न सक्नुहुन्छ । पर्सनल दुर्घटनाको लागि चाहिँ बीमांक रकम बराबर वा अधिकतम रु पचास लाखसम्म (दुईमध्ये जुन कम हुन्छ) प्राप्त गर्न सकिनेछ ।